मलेसियामा एक नेपालीको मृत्यु « Khabarhub

मलेसियामा एक नेपालीको मृत्यु


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।

मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए।

उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाईएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि त्यहाँ रहेको नेपाली दूतावाससँग समन्वय गरी शवलाई नेपाल पठाईदिने कम्पनी प्रशासनले जनाएको छ ।

विगत पाँच वर्षदेखि मलेसियामा कार्यरत रहेका मृतक ठाकुरका बुबाआमा, श्रीमती र छोराछोरी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति