म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै « Khabarhub

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुँदै छन् । १४औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ ।

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ ।

यता, स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ । १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ ।

आजै हुने अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ । १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ । यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ ।

चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ ।

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ३ : २९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति