बुद्धसँग जोडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह « Khabarhub

बुद्धसँग जोडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गरेकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजनाअन्तर्गत ल्याउन आग्रह गरेकी हुन् ।

बुद्धका उपदेशले विश्वभरका शान्तिप्रेमीहरूको ध्यान तानिरहेकोले यस विषयलाई पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा उनको जोड छ । उनले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् । ‘एकीकृत योजना निर्माणमा होस् वा बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन् ।

लुम्बिनी विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आएकी हुन् । त्यस अवसरमा उनले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

‘गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको छ, गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिन्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।

‘मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि लुम्बिनीको पुरातात्विक र साँस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न आवश्यक छ,’ उनले भनिन् । लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उनको भनाइ छ । ‘बुद्ध धर्म मान्ने मात्र होइन, संसारमा शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व दिएका छन्, यसको उपयोग गर्दै समृद्धिको यात्रालाई अघि बढाउनु आवश्यक छ,’ उनले भनिन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्ने हो भने पर्यटन क्षेत्रले नयाँ उचाइ लिने बताए । बुद्धको दिएको ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्न नसकेको उनको भनाइ छ । उनले यसबाट सबैले शिक्षा लिनुपर्ने बताए ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनीको आर्थिक र पर्यटन विकासका लागि अघिल्लो सरकारले ल्याएको योजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिएको बताए । उनले लुम्बिनी गुरुयोजना तथा बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले विशेष चासोका साथ अगाडि बढाउने बताए ।

एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलको दोस्रो चरणको कामका लागि अहिलेसम्म एडीबीसँग ऋण सम्झौता नभएको बताए । उनले सरकारसँग यसको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे ।

विमानस्थलको काम सकिएर उद्घाटन गर्ने बेला दोस्रो चरणको काम पनि सँगै सुरु गर्न उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ४ : ५० बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच