श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण | Khabarhub Khabarhub

श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको  छ ।

स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी पनि दिएका छन् ।

सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस सङ्क्रमण भएको देखिएको छ । यो गत २० महिनामा सबैभन्दा बढी थियो ।

राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइका डा. शिलान्ती सेनेविराट्नेले गत दुई महिनाभित्र देशभर परेको अविरल वर्षाका कारण डेङ्गुका बिरामीमा उल्लेख्य वृद्धि भएको स्थानीय सञ्चार माध्यम डेली मिररले जनाएको छ ।

‘डेंगु नियन्त्रण एकाइभएकाले क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले हामीले अवस्थाको अनुगमन गर्ने र रोकथामका कार्यक्रम र जनतालाई शिक्षित गर्नेजस्ता सम्बन्धित उपाय अपनाउँदै आएका छौं,’ डा. सेनविराटले भने ।

सेनेभिराट्नेले मानिसहरूलाई आफ्नै निष्कर्षमा पुग्नुअघि तुरुन्तै चिकित्सा सल्लाह माग्न आग्रह गरे ।  सरकारी तथ्याङ्कअनुसार पूर्वी प्रान्तको राजधानी सहर कोलम्बो र बाट्टिकालोआबाट निकै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।

डेङ्गु ज्वरोका अन्य लक्षणहरूमा उच्च ज्वरो, अनियन्त्रित बान्ता, पेट दुख्ने वा चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेमा तुरुन्तै चिकित्सा सेवा लिन चिकित्सा विशेषज्ञहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३० बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन