तीनै तहको चुनाव कांग्रेस एक्लै लड्ने उपसभापति निधीको उद्घोष « Khabarhub

तीनै तहको चुनाव कांग्रेस एक्लै लड्ने उपसभापति निधीको उद्घोष


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन् ।

बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए ।

संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ ।’

कांग्रेसको लागि मधेस उर्वराभूमि रहेको निधीले बताए । कम्युनिस्ट वा कथित मदेसवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधीको दाबी छ ।

‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं,’ उनले भने । पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : १७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर