नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : घिसिङ « Khabarhub

नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन : घिसिङ


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् ।

‘नेपाली खेलकुदलाई अझमाथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढाछु,’ सदस्य सचिव घिसिङले भने ।

उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।

‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापि होइन,’ उनले भने ।

उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुन्जेल जति लगानी गरे पनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउँदै यसमा सम्बन्धित संघ र प्रशिक्षकहरूले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

उनले प्रशिक्षकहरूलाई समय सापेक्ष परिष्कृत र स्तरवृद्धि गर्न रिफ्रेस कोर्स अति आवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुन्छ आवश्यक कदम चालिने बताए ।

उनले नतिजा मात्र खोज्नु भन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेकोमा जोड दिए । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य सचिव घिसिङले सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउँदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह/सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : ३५ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा