दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी | Khabarhub Khabarhub

दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन पौदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमूर खेती गरिने भएको छ ।

यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना शुरू गर्न लागिएको हो ।

तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल प्रा. लि. र इसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । यस सार्वजनिकनिजीसामुदायिक साझेदारीले पर्यावरण पुनर्स्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने ठानिएको छ ।

सम्झौतामा इसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग