बालाचतुर्दशीको महिमा « Khabarhub

बालाचतुर्दशीको महिमा



भगवान् शिव जो कल्याणकारी देवता ,मुक्तिदाता , पापहर, महादेव, पशुपतिनाथ , उमापति , गौरीश्वर, भष्मेश्वर,किराँतेश्वर ,सन्तानेश्वर, आशुतोष, महेश्वर आदि नामले पूज्य, वन्दनीय, आराध्य हुन् ।

उनका अनोकौं लीलामध्येको एक लीला मृगरुपले पृथिवीमा घुमेका शिवजीलाई पशुपतिनाथ मन्दिरको पारिपट्टिको श्लेष्मान्तक वनमा देखी पार्वतीले पतिलाई लिएर कैलाशलोकमा फर्किएको कथा यस बालाचतुर्दशीका दिनसँग जोडिएको छ ।

सनातन वैदिक धर्मका अनुयायीहरुले भगवान्  शिवको महिमा —गान गर्दै आएको पाइन्छ ।

स्कन्द पुराणको हिमवत् खण्डमा श्लेष्मान्तक वनको वर्णन पाइन्छ । त्यहाँ शाल ,ताल , तमाल , हिम्ताल, खजुर, बीजपूर नामका वृक्षहरु रहेको उल्लेख गरिएको छ । त्यस सन्दर्भसँग जोडिएको बालाचतुर्दशी महिमा अनेक अनुश्रुति (किं वदन्ति)ले पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

मार्ग कृष्णपक्ष चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । पुराणमा उल्लेख गरिएको सन्दर्भले पनि बालाचतुर्दशीको महिमालाई अघि बढाएको छ ।

सुवर्णरतिका तुल्यँ ब्रीहिमेकँ परिक्षिपेत् । मृगस्थलीँ परिभ्राम्य पुनर्जन्म नविद्यते ।।

मृगस्थलीमा एक दाना अन्नबीज छरे त्यत्ति सुन दान गरेको फल मिल्दछ । दिवंगत आत्माले शान्ति पाउँछ र पुनर्जन्म पनि हुदैन भनिएकाले आस्तिक जनहरु शतबीज छर्न जाने गरेको देखिन्छ ।

शतबीज भनेर सय थरी बीज भन्ने बुझिन्छ तापनि मुख्य गरी धान, जौ, चना, गहुँ, तिल, मकै, र कागुनु छर्ने चलन छ । यसका साथै केरा, उखु, सुन्तला, अनार, भोगटे कागती , निबुवा, विमिरो, अमला छरिन्छ । त्यस्तै मुलाका चाना,गाजर, खुर्सानी र ऋतु पुष्पहरु छर्ने गरिन्छ ।

कुुनै परिवारको सदस्य दिवंगत भएको वर्ष दिनपछि त्यो आत्मले शान्ति पाओस् भनी त्रयोदशीको दिन साँझमा पशुपतिमा , शिवालयमा ,नदीमा , पुण्यक्षेत्रमा दीप जलाई रातभर जाग्राम बसिन्छ । बिहान भगवान्को दर्शन गरी १००८ शिवलिङ्घ, कैलाश ,गौरीघाट, मृगस्थली आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

कुनै कारणबस अगति परेका पितृहरुको उद्धार दीप दान र अन्न दान गर्ने गरिन्छ ।

बरखी बारेका व्यक्तिले यो कार्य गर्नु हुदैन । शतबीज छर्ने र दीप दान गर्नेले बाग्मति पारिका बहिरा गणेशलाई झिझोली मेरा पितृलाई भन्दिनू है भनी चिच्याइन्छ ।

त्यसपछि पितृको मुक्ति हुन्छ भन्ने विश्वासले यो पर्व अघि बढेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा