बालाचतुर्दशीको महिमा « Khabarhub

बालाचतुर्दशीको महिमा



भगवान् शिव जो कल्याणकारी देवता ,मुक्तिदाता , पापहर, महादेव, पशुपतिनाथ , उमापति , गौरीश्वर, भष्मेश्वर,किराँतेश्वर ,सन्तानेश्वर, आशुतोष, महेश्वर आदि नामले पूज्य, वन्दनीय, आराध्य हुन् ।

उनका अनोकौं लीलामध्येको एक लीला मृगरुपले पृथिवीमा घुमेका शिवजीलाई पशुपतिनाथ मन्दिरको पारिपट्टिको श्लेष्मान्तक वनमा देखी पार्वतीले पतिलाई लिएर कैलाशलोकमा फर्किएको कथा यस बालाचतुर्दशीका दिनसँग जोडिएको छ ।

सनातन वैदिक धर्मका अनुयायीहरुले भगवान्  शिवको महिमा —गान गर्दै आएको पाइन्छ ।

स्कन्द पुराणको हिमवत् खण्डमा श्लेष्मान्तक वनको वर्णन पाइन्छ । त्यहाँ शाल ,ताल , तमाल , हिम्ताल, खजुर, बीजपूर नामका वृक्षहरु रहेको उल्लेख गरिएको छ । त्यस सन्दर्भसँग जोडिएको बालाचतुर्दशी महिमा अनेक अनुश्रुति (किं वदन्ति)ले पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

मार्ग कृष्णपक्ष चतुर्दशी तिथिलाई बालाचतुर्दशी भनिन्छ । पुराणमा उल्लेख गरिएको सन्दर्भले पनि बालाचतुर्दशीको महिमालाई अघि बढाएको छ ।

सुवर्णरतिका तुल्यँ ब्रीहिमेकँ परिक्षिपेत् । मृगस्थलीँ परिभ्राम्य पुनर्जन्म नविद्यते ।।

मृगस्थलीमा एक दाना अन्नबीज छरे त्यत्ति सुन दान गरेको फल मिल्दछ । दिवंगत आत्माले शान्ति पाउँछ र पुनर्जन्म पनि हुदैन भनिएकाले आस्तिक जनहरु शतबीज छर्न जाने गरेको देखिन्छ ।

शतबीज भनेर सय थरी बीज भन्ने बुझिन्छ तापनि मुख्य गरी धान, जौ, चना, गहुँ, तिल, मकै, र कागुनु छर्ने चलन छ । यसका साथै केरा, उखु, सुन्तला, अनार, भोगटे कागती , निबुवा, विमिरो, अमला छरिन्छ । त्यस्तै मुलाका चाना,गाजर, खुर्सानी र ऋतु पुष्पहरु छर्ने गरिन्छ ।

कुुनै परिवारको सदस्य दिवंगत भएको वर्ष दिनपछि त्यो आत्मले शान्ति पाओस् भनी त्रयोदशीको दिन साँझमा पशुपतिमा , शिवालयमा ,नदीमा , पुण्यक्षेत्रमा दीप जलाई रातभर जाग्राम बसिन्छ । बिहान भगवान्को दर्शन गरी १००८ शिवलिङ्घ, कैलाश ,गौरीघाट, मृगस्थली आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

कुनै कारणबस अगति परेका पितृहरुको उद्धार दीप दान र अन्न दान गर्ने गरिन्छ ।

बरखी बारेका व्यक्तिले यो कार्य गर्नु हुदैन । शतबीज छर्ने र दीप दान गर्नेले बाग्मति पारिका बहिरा गणेशलाई झिझोली मेरा पितृलाई भन्दिनू है भनी चिच्याइन्छ ।

त्यसपछि पितृको मुक्ति हुन्छ भन्ने विश्वासले यो पर्व अघि बढेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०० बजे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य