सुत्ने समयमा खानै नहुने खानेकुरा « Khabarhub

सुत्ने समयमा खानै नहुने खानेकुरा


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यता राति ढीला खाना खाने र खाने वित्तिकै सुत्ने बानी स्वास्थ्यका लागि घातक मानिन्छ । राति अबेर खाना खाने र सुत्ने बेलामा केही खाने बानी छ भने आजैबाट हटाउनुहोस् ।

यहाँ केही खानेकुरा उल्लेख गरिएको छ जुन सुत्नु अघि खानै हुँदैन

चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुने भएको कारण चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले एकातिर दाँत बिगार्छ अर्कोतिर राति खाएको चकलेटले एसिडिटी बढाउँने भएकोले निद्राको समस्या निम्तन सक्ने भएको कारण राति चकलेट नखान भनिएको चिकित्सक बताउँछन् ।

पास्ताः पास्तामा अत्याधिक कार्बोहाइड्रेड हुन्छ। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने भएकोले राति पास्ता खानुहुँदैन ।

तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु राम्रो होईन । यदी यस्तो बानी भएमा आजै त्याग्नुहोस् ।

पिजाः साँझ परेपछी रेस्टुरेन्टतिर घुमेर पिजा खाएर ओछ्यानमा गई अबेरसम्म मोबाईल चलाएर सुत्ने बानीबाट ग्रसित छन्, अहिलेका मानिसहरु । विशेषगरी यूवापुस्तामा यो समस्या बढी छ । तर पिजामा पाइने अधिक क्यालोरीले शरीरलाई फाइदा पुर्‍याउँदैन। एकातर्फ मोटोपन नियन्त्रण हुँदैन। अर्कोतर्फ राम्रारी पाचन प्रक्रिया हुन सक्दैन । त्यसैले कहिलेकाहिँ पिज्जा खान मन लागेमा दिउँसोको समयमा खानु राम्रो हुन्छ ।

अत्याधिक चिल्लो र पिरोः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। यसले पेटमा असर पुयाउँछ । खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ। चिल्लो खानेकुराले कफ बढ्ने, अनिन्द्रा मोटोपना लगायत अन्य विभिन्न समस्या निम्त्याउँछ ।

मासुः मासु कुन समयमा खाने भन्ने विषयमा बेलाबखतमा चर्चा भइरहन्छ । तर विज्ञहरु भन्छन् सामुजन्य कुरा राति नखाँदा उत्तम। चिकित्सक भन्छन्, अधिकांश मानिसले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। राम्ररी पाचन हुन पाउँदैन । मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। सकभर बिहान र दिउँसो मासु समावेश गर्नुहोस् ।

फ्रुट जुस, कफि, अत्याधिक पानीः फ्रुट जुसमा एसिडिटी हुन्छ। कफिमा क्याफिन नामक तत्व । त्यसैले राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ । कफिले निन्द्रा भगाउँछ । यदी राति अत्याधिक पानी पिउनु भएमा घरीघरी पिसाबको लागि ब्यूझिनुपर्छ । यसो हुँदा शरीरले आनन्दको निन्द्रा लिन सक्दैन । त्यसमाथि राति पेटभरी पानी खाँदा उकुसमुकुस भई सुत्न समेत अप्ठेरो हुन्छ । बरु प्यास लागेका बेला घाँटी भिजाउने हिसाबले पानी पिउनुपर्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ३६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु