दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारीमा शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–४ मा शनिबार साँझ यात्रुबहाक बसको ठक्करबाट घाइते भएका मे ६ प ३२६३ नम्बरको   मोटरसाइकल चालक दमकका प्रदीप कार्कीको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ ख ६२७८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

मोटरसाइकलमा सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल बिर्तामोड उपचार भइरहेको छ ।

प्रहरीले बस चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ५५ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता