यस्तो छ बलिउड अभिनेत्री कट्रिना कैफको फिटनेशको सेक्रेट « Khabarhub

यस्तो छ बलिउड अभिनेत्री कट्रिना कैफको फिटनेशको सेक्रेट


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-बलिउड अभिनेत्री कट्रिना कैफ उमेर बढ्दै जाँदा पनि झन् झन् सुन्दर र आकर्षक देखिदै गएकी छिन् ३७ वर्ष नाघे तापनि भर्खरका टिनएजर्सलाई माथ खुवाउने सुन्दरता उनीसँग छ ।

त्यसैले धेरैलाई चासो छ – उनको यो सुन्दरताको रहस्य के हो ? यसैबीच उनका फिटनेश ट्रेनरले एक रहस्य खोल्दै यी सुन्दरीको बिहानको ‘सेड्युल’ बताएका छन् ।

कट्रिनाको वर्कआउट प्लानः

यास्मीनका अनुसार कट्रिनाको फिटनेस लिस्टमा पिलेट्स, पावरलिफ्टिङ्ग, कार्डियो लगायत कयौँ प्रकारका फङ्शनल ट्रेनिङ समावेश गरिएका छन् ।

कट्रिनाका अनुसार यी एक्सरसाइजले उनलाई फिट राख्नुका साथै मनलाई शान्त राख्न मद्दत गर्छ । यसबाहेक, उनी कोर तथा एप्सको पनि एक्सरसाइज गर्छिन् , जसमा जिमिङ्ग, जगिङ्ग, आईएसओ पाक्र्स तथा तैरिने एक्सरसाइज पनि सामेल छन् ।

रेजिस्टेन्ट व्याण्ड पनि उनको वर्कआउटमा पर्दछ यो व्यायाम पूरा शरीरको लागि फाइदाजनक छ । यसमा ‘पुसअप’, ‘रिचिंग’ ‘रियर रो’, ‘ट्राइसेप्स – रो’ लगायतका ‘एक्सरसाइज’ समावेश छन् ।

वर्कआउटका क्रममा के लिन्छिन् ?

कट्रिनाको वर्कआउट प्लानमा जिम, वेट ट्रेनिङ तथा व्यायाम समावेश छन् । यसबाहेक, वर्क आउटका गर्दा उनी झोलिलो पर्दाथ (लिक्विड डाइट) बढी सेवन गर्छिन्, जसले उनलाई फ्रेस रहन सहयोग गर्छ । यसबाहेक, जिम जानु पहिले वा जिम जाने क्रममा उनी स्वस्थकर नास्ता गर्छिन् । जसमा केक, प्रोटिन लगायतका खानेकुरा समावेश हुने गर्छन् ।

कट्रिना सातामा कम्तीमा दुई पटक स्विमिङ्ग गर्न रुचाउँछिन् । यदी उनी सुटिङ्गमै व्यस्त छिन् भने पनि उनी समय निकालेरै भएपनि सातामा तीन पटकसम्म स्विमिङ्ग गर्छिन् । ‘स्विमिङ्ग’ गर्नु उनको सोख पनि हो । नियमित जगिङ्ग विहान उठ्ने वित्तिकै कट्रिना नियमित रुपमा जगिङ्गको लागि जान्छिन् । उनी भन्छिन् – विहान जति सकिन्छ, हिड्नुपर्छ ।

उनी शारीरीक मात्र हैन, मानसिक रुपमा फिट रहनका लागि योगा पनि गर्छिन् ।उनी क्रंचेस पनि गर्छिन् । यो अभ्यास एक्सरसाइज पेटको माथिल्लो भागलाई मजबुती प्रदान गर्नका लागि गरिन्छ ।

कट्रिनाका अनुसार उनी फिटनेशको साथ साथै खानपानमा पनि विशेष ध्यान दिन्छिन् । उनको भनाइ छ, ‘मानिसलाई जहिले पनि शरीरको आवश्यकताको आधारमा आहार लिनु पर्छ । कट्रिना आफ्नो ब्रेकफास्टमा ओट्स र फ्रेस जुस खान्छिन् । दिउँसोको खानामा सलाद, चामलका साथमा फलफूल खान्छिन् ।

प्रत्येक दुई घण्टामा उसिनेको सागसब्जीः

आफूलाई फिट राख्न उनी प्रत्येक दुई घण्टाको अन्तरालमा ताजा तथा उमोलेको सागसब्जीको सेवन गर्छिन् – जसमा बोसोको मात्रा निकै कम हुन्छ । उनी खानामा अकाई बेरी तथा ब्हीट ग्रास पाउडर जस्ता सप्लीमेन्टको पनि सेवन गर्छिन् ।

तारेको तथा गुलियो खानेकुरा खाँदिनन्, गुलियो खानेकुराबाट सकेसम्म टाढै रहन्छिन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : २३ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका