भारतमा बायोटेकको खोप आपतकालीन प्रयोगका लागि सिफारिस « Khabarhub

भारतमा बायोटेकको खोप आपतकालीन प्रयोगका लागि सिफारिस


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले स्वदेशमै विकास गरेको बायोटेकको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

विशेष सरकारी स्रोतले एएनआईलाई दिएको जानकारीमा भनिएको छ, “विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको छ । ”

डीसीजीआइको विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर)को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित खोपलाई डीसीजीआई सिफारिस गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

डीसीजीआईअनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ । अक्सफोर्डको खोप भने ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको विभिन्न अनुसन्धानले जनाएका छन् ।

डीसीजीआईले दुई वटा खोपलाई स्वीकृति दिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्‍याउने बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : २० बजे

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर – जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका