अबको चुनावमा सबैलाई अचम्मित पार्ने गरी हाम्रो पक्षमा मत आउनेछ : ओली (भिडियोसहित) « Khabarhub

अबको चुनावमा सबैलाई अचम्मित पार्ने गरी हाम्रो पक्षमा मत आउनेछ : ओली (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले घोषित निर्वाचनमा सबैलाई अचम्मित बनाउने गरी आफ्नो पक्षमा मत परिणाम आउने दाबी गरेका छन्।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षमा सबैलाई चकित बनाउने गरी मत परिणाम आउने दाबी गरेका हुन ।

उनले भने, ‘घोषित निर्वाचनमा सबैलाई अचम्मित बनाउने गरी हाम्रो पक्षमा मत परिणाम आउनेछ ।’

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन समेत आग्रह गरे।

‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ। आउनु भएन भने पनि यो अभियान अघि बढ्छ‚’ ओलीले भने‚ ‘पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ।’

उनले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरिएको बताए ।

उनले दाहाल नेपाल पक्षको आन्दोलनप्रति व्यंग्य गर्दै ‘हामी यहाँ छौँ’ भन्ने होइन ‘म यहाँ छु’ भन्ने अवस्था आउने समेत चेतावनी दिएका छन्।

उनले भने, ‘हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु कता हराउनु भयो भनेको हामी यहाँ छौँ भनेर छातीमा प्लेकार्ड बोकेर बसिरहनु भएको रहेछ। फेरि त्यहाँदेखि पनि उठेर कता जानु भएछ।’

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : ४३ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले