अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकलाई आक्रमण गर्न चीनले खर्च गर्ने गरेको खुलासा | Khabarhub Khabarhub

अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकलाई आक्रमण गर्न चीनले खर्च गर्ने गरेको खुलासा


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- अमेरिका र चीनबीचको सम्बन्धमा तिक्तता बढीरहेका बेला अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकहरुमाथि आक्रमण गर्न चीनले गोप्य रुपमा नगद दिइरहेको खुलासा भएको छ।

चीनले अफगानीस्तानका गैरराज्य हतियारधारी समुहहरुलाई अमेरिकी सेनामाथी आक्रमण गराईरहेको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गराइएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।

अमेरिकी समाचार संस्थान सीएनएनलाई अमेरिकी बरिष्ठ अधिकारीले गराएको जानकारी अनुसार ट्रम्पलाई डिसेम्बर १७ मा चीनले अमेरिकी सेनालाई आक्रमण गराउनेलाई पैसा दिने गरेको सूचनाबारे ब्रिफीङ गरिएको हो।

ट्रम्प प्रशासन अमेरिकी सेनामाथी आक्रमण गर्न चीनले नगद सहायता गरिरहेको गोप्य रिपोर्ट सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको समेत समाचारहरुमा जनाइएको छ।

अमेरिकी सेनामाथी आक्रमण गर्नेलाई नगद दिने गरेको खुलासा भएसंगै अफगानीस्तानमा चीनको रणनीतिक परिवर्तन देखाएको र दुई देशको सम्बन्ध अझ चिसो हुनसक्ने विश्लेषण गरिएको छ।

चीनले अमेरिकी सेनामाथी आक्रमण गर्नेलाई नगद दिनु चीनको आक्रामक रणनीतिक महत्वकांक्षाको एक हिस्सा रहेको अमेरिकी समाचार माध्यमहरुले विश्लेषण गरिएको छ।
स्रोतः सीएनएन

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १२ : ५७ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन