अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकलाई आक्रमण गर्न चीनले खर्च गर्ने गरेको खुलासा « Khabarhub

अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकलाई आक्रमण गर्न चीनले खर्च गर्ने गरेको खुलासा


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- अमेरिका र चीनबीचको सम्बन्धमा तिक्तता बढीरहेका बेला अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकहरुमाथि आक्रमण गर्न चीनले गोप्य रुपमा नगद दिइरहेको खुलासा भएको छ।

चीनले अफगानीस्तानका गैरराज्य हतियारधारी समुहहरुलाई अमेरिकी सेनामाथी आक्रमण गराईरहेको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गराइएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।

अमेरिकी समाचार संस्थान सीएनएनलाई अमेरिकी बरिष्ठ अधिकारीले गराएको जानकारी अनुसार ट्रम्पलाई डिसेम्बर १७ मा चीनले अमेरिकी सेनालाई आक्रमण गराउनेलाई पैसा दिने गरेको सूचनाबारे ब्रिफीङ गरिएको हो।

ट्रम्प प्रशासन अमेरिकी सेनामाथी आक्रमण गर्न चीनले नगद सहायता गरिरहेको गोप्य रिपोर्ट सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको समेत समाचारहरुमा जनाइएको छ।

अमेरिकी सेनामाथी आक्रमण गर्नेलाई नगद दिने गरेको खुलासा भएसंगै अफगानीस्तानमा चीनको रणनीतिक परिवर्तन देखाएको र दुई देशको सम्बन्ध अझ चिसो हुनसक्ने विश्लेषण गरिएको छ।

चीनले अमेरिकी सेनामाथी आक्रमण गर्नेलाई नगद दिनु चीनको आक्रामक रणनीतिक महत्वकांक्षाको एक हिस्सा रहेको अमेरिकी समाचार माध्यमहरुले विश्लेषण गरिएको छ।
स्रोतः सीएनएन

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १२ : ५७ बजे

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको