नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने ७ पक्राउ « Khabarhub

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने ७ पक्राउ


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उनले बताए ।

पीसीआर  रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो । पछि परीक्षण गर्दा पीसीआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिए ।

उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४२ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने