चीनमा कोरोनाविरूद्धको नक्कली खोप बनाउने ८० जना पक्राउ « Khabarhub

चीनमा कोरोनाविरूद्धको नक्कली खोप बनाउने ८० जना पक्राउ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको नक्कली खोप बनाएको भन्दै ८० जनालाई पक्राउ गरेको छ ।

चिनियाँ समाचार एजेन्सी सिह्वाका अनुसार उनीहरुले तीन हजार डोज कोरोना खोप उत्पादन गरेका थिए । सोमबार प्रकाशित समाचारमा उल्लेख गरिएअनुसार गत सप्टेम्बरदेखि नै उनीहरुले खोप निर्माणको काम गर्दै आएका थिए । चिनियाँ प्रहरीले अहिले सबै नक्कली खोपहरु नष्ट गरिएको बताएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार आरोपीहरुले स्लाइनलाई सिरिन्जमा तानेर नक्कली खोप तयार पार्थे । प्रहरीका अनुसार उनीहरुको उद्देश्य नक्कली विदेश पठाउनु थियो । समाचारमा उल्लेख गरिएअनुसार अहिले चीनले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

चीनले आफ्ना नागरिकहरुलाई सिनोभ्याक र सिनोफर्मले बनाएको खोप लगाइरहेको छ । यी खोपले टर्की, ब्राजिल, यूएईलगायत मुलुकमा पनि अनुमति पाइसकेका छन् ।

चिनियाँ प्रहरीले बेइजिङ, सांघाई र शाङडोङ प्रान्तमा चालेको अपरेसनको क्रममा नक्कली खोप बनाउने मानिसहरु पक्राउ परेका हुन् । अहिले विश्वभर कोरोना महामारी अन्त्यको लागि व्यापक मात्रामा खोपको माग भइरहेको छ भने उत्पादकलाई पनि माग धान्न गाह्रो भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ५० बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक