पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्ष जेल सजाय « Khabarhub

पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्ष जेल सजाय


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी विपक्षी नेता एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद हुने फैसला सुनाएका छन्।

केही समयअघि रुस लगिएका उनीमाथी भएको निर्णयको विश्वभरबाट आलोचना भएको छ। न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको प्रतिक्रिया दिए। नाभाल्नीलाई यसअघि आपराधिक मामिलामा गिरफ्तारपछि उनलाई पेरोलमा छोडिएको थियो।

अघिल्लो महिना जर्मनीबाट रुस फर्किएका नाभाल्नीलाई विमानस्थलबाट नै पक्राउ गरिएको थियो। नाभाल्नी रसिया फर्किन साथ पुटिन विरोधी प्रदर्शन बढेको थियो। अहिले पनि रुसका कैयौं ठाउमा पुटिनको विरोधमा प्रदर्शन जारी रहेका छन्।

नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : १९ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने