…अनि कहिल्यै उठेनन् सूर्यबहादुर ! « Khabarhub

…अनि कहिल्यै उठेनन् सूर्यबहादुर !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैनिक भारी बोक्ने काम गर्दै आएका धादिङका सूर्यबहादुर तामाङको लकडाउनको समयमा कीर्तिपुरको सडकपेटीमा मृत्यु भएपछि यो घटनाले धेरैको ध्यानाकृष्ट गर्यो ।

लकडाउनको विभिन्न संघसंस्थाले दिने गरेको खानाले गुजारा गर्दै आएका उनको निधनले लकडाउनमा मजदुरी गरेर खानेहरुको जीवन कसरी चलिरहेको छ भन्ने देखाएको थियो ।

यही घटनाबाट प्रभावित भई अभिनेता सरोज खनालले सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ निर्माण गरेका छन् । धादिङका सूर्यबहादुरलाई समर्पण गरिएको फिल्ममा नाट्यकर्मी तथा अभिनेता सुनिल पोखरेलले सूर्यबहादुरको चरित्र निर्वाह गरेका छन् । भरियाको चरित्रमा देखिएका सुनिलको काम तारिफयोग्य छ । फिल्म यसै साता सार्वजनिक भएको छ ।

कवि सुरज काफ्लेद्वारा लिखित कविता ‘बिहानीमै अस्ताएको सूर्य’ मा आधारित भएर निर्माण गरिएको सर्ट फिल्म कवितात्मक रुपमै प्रस्तुत गरिएको छ । लकडाउनका समयका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका आफ्ना नागरिक भोकै बस्न नपाउने, स्थानीय तहले राहत दिने लगायतका भाषणका केही फुटेज र अडियोलाई फिल्ममा जोडिएको छ ।

सुरजले नै निर्माण गरेको फिल्मको समयावधि १० मिनेटको छ । फिल्ममा सुनिलसँगै गोविन्द श्रेष्ठ, गायत्री लम्साल, दीपेश गुरुङ, निश्चल ठकुरी, सुशीला थापा, केशवजंग शाही, सिरपा मानन्धर र सबिन ढुंगानाको पनि अभिनय छ ।

फिल्ममा अनिल श्रेष्ठ र धन खालिङ राईको छायांकन, निश्चल राजवंशीको ड्रोन, नविन निरौलाको सम्पादन छ । सिन लिम्बू र गुरु भाइ फकिरको संगीत रहेको फिल्ममा अभिमन्यु देवकोटाको प्रोडक्सन छ । फिल्म जून भिजन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ३८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध