स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए | Khabarhub Khabarhub

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् ।

पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् ।

कैलालीको टीकापुरमा गत वर्ष ७१ महिलाले मिनील्याप सेवा लिएका थिए । यस वर्ष सङ्ख्या घटेको छ । नगरपालिकाले गाउँगाउँमा अस्थायी बन्ध्याकरण सेवा दिन थालेकाले पनि स्थायी बन्ध्याकरण गर्ने कम भएको हुनसक्ने बताइएको छ ।

बन्ध्याकरण शिविरमा डा स्मृति रावलको टोलीले सेवा दिइरहेको नेपाल परिवार नियोजन सङ्घ कैलालीका शाखा प्रबन्धक चेतराज फुलाराले जानकारी दिए ।

टीकापुरबाट शुरु गरिएको बन्ध्याकरण शिविर मङ्गलबार दुर्गौली स्वास्थ्यचौकीमा सञ्चालन भएको नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले जानकारी दिए । शिविर स्वास्थ्य कार्यालय कैलालीको आयोजना र नेपाल परिवार नियोजन सङ्घ कैलालीको सहकार्यमा सञ्चालन भएको हो ।

यस वर्ष स्वास्थ्य कार्यालयले टीकापुरबाट शुरु गरेर जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकी, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, चुहा स्वास्थ्य चौकी, दोधरा स्वास्थ्यचौकी, साडेपानी स्वास्थ्यचौकी, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, हसुलिया स्वास्थ्यचौकी र मालाखेती अस्पतालमा सञ्चालन गरिने भएको छ ।

सोमबार टीकापुरबाट शुरु भएको बन्ध्याकरण शिविर फागुन २८ गतेसम्म चल्नेछ ।

गत वर्ष कैलाली जिल्लामा दुई पुरुषसहित २१४ जनाले बन्ध्याकरण सेवा लिएका थिए । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषको सङ्ख्या निकै कम छ ।

“यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण बन्ध्याकरण शिविर सञ्चालनमा समेत ढिलाइ भयो”, नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँले भने, “लामो अवधिको अस्थायी साधन प्रयोग गर्ने महिला बढेकाले स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा पनि कमी आउँदै गएको छ । पहिला लामो अवधिको अस्थायी साधनको पर्याप्तता थिएन । गाउँमै स्वास्थ्य संस्था पुगेपछि महिलाले इम्प्लान्टलगायतका सेवा पाएका छन् ।”

परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँका अनुसार पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : १५ बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले