स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए « Khabarhub

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् ।

पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् ।

कैलालीको टीकापुरमा गत वर्ष ७१ महिलाले मिनील्याप सेवा लिएका थिए । यस वर्ष सङ्ख्या घटेको छ । नगरपालिकाले गाउँगाउँमा अस्थायी बन्ध्याकरण सेवा दिन थालेकाले पनि स्थायी बन्ध्याकरण गर्ने कम भएको हुनसक्ने बताइएको छ ।

बन्ध्याकरण शिविरमा डा स्मृति रावलको टोलीले सेवा दिइरहेको नेपाल परिवार नियोजन सङ्घ कैलालीका शाखा प्रबन्धक चेतराज फुलाराले जानकारी दिए ।

टीकापुरबाट शुरु गरिएको बन्ध्याकरण शिविर मङ्गलबार दुर्गौली स्वास्थ्यचौकीमा सञ्चालन भएको नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले जानकारी दिए । शिविर स्वास्थ्य कार्यालय कैलालीको आयोजना र नेपाल परिवार नियोजन सङ्घ कैलालीको सहकार्यमा सञ्चालन भएको हो ।

यस वर्ष स्वास्थ्य कार्यालयले टीकापुरबाट शुरु गरेर जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकी, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, चुहा स्वास्थ्य चौकी, दोधरा स्वास्थ्यचौकी, साडेपानी स्वास्थ्यचौकी, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, हसुलिया स्वास्थ्यचौकी र मालाखेती अस्पतालमा सञ्चालन गरिने भएको छ ।

सोमबार टीकापुरबाट शुरु भएको बन्ध्याकरण शिविर फागुन २८ गतेसम्म चल्नेछ ।

गत वर्ष कैलाली जिल्लामा दुई पुरुषसहित २१४ जनाले बन्ध्याकरण सेवा लिएका थिए । कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषको सङ्ख्या निकै कम छ ।

“यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण बन्ध्याकरण शिविर सञ्चालनमा समेत ढिलाइ भयो”, नेपाल परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँले भने, “लामो अवधिको अस्थायी साधन प्रयोग गर्ने महिला बढेकाले स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा पनि कमी आउँदै गएको छ । पहिला लामो अवधिको अस्थायी साधनको पर्याप्तता थिएन । गाउँमै स्वास्थ्य संस्था पुगेपछि महिलाले इम्प्लान्टलगायतका सेवा पाएका छन् ।”

परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागाईँका अनुसार पुरुषले बन्ध्याकरण गर्न चाहँदैनन् अर्थात् परिवार व्यवस्थापनमा पुरुषको तुलनामा महिलाको चासो बढी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : १५ बजे

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौं – निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा