महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ « Khabarhub

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।

आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुर्व्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् । पक्राउ परेका मल्ललाई कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र