ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित दुई जना पक्राउ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागु औषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ५९ बजे

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन

महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य