अमेरिकी दूतावासले क्रमशः भिसा सेवा बढाउँदैछ | Khabarhub Khabarhub

अमेरिकी दूतावासले क्रमशः भिसा सेवा बढाउँदैछ



नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीहरूका लागि सीमित संख्यामा अपोइन्टमेन्टको समय तालिका शुरू गर्ने तयारी गर्दैछ (एफ–१, एम–१, र केही निश्चित जे–१) ।

यस्तै केही अस्थायी कामदार भिसा प्रक्रिया (राष्ट्रपतिको घोषणा अनुरूप १००५२) पनि शुरू गर्ने भएको छ । यसै सन्दर्भमा खबरहबका ईश्वरदेव खनालले नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे–एलेनसँग पुनः सुचारु हुन लागेको भिसा प्रक्रियाका विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले नेपाली नागरिकका लागि भिसा सेवा खुला गरेको हो ?

दूतावासमा अझै पनि अधिकांश नियमित सेवा बन्द छ । हाम्रा कर्मचारी र सेवाग्राहीको सुरक्षा ध्यानमा राखेर उनीहरूलाई कोरोना महामारीबाट बचाउनका निम्ति हामीले सुरक्षाको उपाय अपनाएका छौँ । हामी नियमित काममा फर्किसकेका छैनौँ ।

यद्यपि, हामी निश्चित मात्रामा आप्रवासी र गैरआप्रवासी भिसा प्रक्रिया भने सञ्चालन गर्न सक्षम भएका छौँ । भिसा प्रक्रियाका विषयमा थप जानकारीका निम्ति हाम्रो वेब साइट हेर्दै गर्नुहोला ।

वेब साइटमा जान यहाँ क्लिक गर्नुहोस्

शुरू गरिएको भिसा प्रक्रियाको प्राथमिकतामा कस्ता व्यक्ति पर्छन् ?

विश्वभर रहेका अमेरिकी दूतावास र राहदानी विभाग जस्तै काठमाडौँमा रहेको अमेरिकी दूतावासले पनि विदेश मन्त्रालयले जारी गरेको निर्देशन अनुसार नै प्राथमिकताको आधार छुट्याउने हो ।

अमेरिकी दूतावासले केही निश्चित मात्रामा आप्रवासीहरूको नजिकका आफन्त, परिवारका सदस्य अथवा अमेरिकी नागरिकको हुनेवाला श्रीमान/श्रीमती र स्वदेश फर्किन लागेका हाम्रा नागरिकलाई भिसा सेवा दिइरहेका छौँ ।

गैरआप्रवासी भिसा प्रक्रियामा भने भिसा आवेदनकर्ताको यात्रा आवश्यकतालाई ध्यानमा राखेर भिसा दिने गरेका छौँ । कूटनीतिज्ञ, केही मिशनमा आएका, महामारीमा अमेरिकी कदमलाई सहयोग गर्न आएका व्यक्तिलाई भिसा सेवा उपलब्ध गराइरहेका छौँ ।

अर्को हप्तादेखि अमेरिकी दूतावासले केही निश्चित विद्यार्थीका लागि अपोइन्टमेन्टको व्यवस्था गर्नेछ (एफ–१, एम–१ र केही निश्चित जे–१) । यस्तै केही अस्थायी कामदार भिसा प्रक्रिया (राष्ट्रपतिको घोषणा अनुरूप १००५२) पनि शुरू गर्नेछ ।

यसका अतिरिक्त भिसा सेवा सुचारु गर्न विदेश मन्त्रालयले जारी गरेको सूचना पनि वेब साइटमा उपलब्ध छ ।

सूचना हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

सेवाग्राहीहरूले विशेष कागजात ल्याउनुपर्ने हुन्छ ?

यसका लागि सेवाग्राहीले हाम्रो वेब साइट हेर्नुपर्ने हुन्छ । आफूले कस्तो किसिमको भिसाको आवेदन दिने हो, वेब साइटमा भने बमोजिम नै उहाँहरूले आवेदन दिनुपर्छ ।

नेपाली विद्यार्थीहरूले अहिले भिसाका लागि आवेदन दिन सक्छन् ? अहिले सक्दैनन् भने कहिले सक्छन् ?

अर्को हप्ताबाट अमेरिकी दूतावासले केही निश्चित विद्यार्थीका लागि अपोइन्टमेन्टको व्यवस्था गर्नेछ, एफ–१, एम–१ र केही निश्चित जे–१ अन्तर्गत । केही अस्थायी कामदार भिसा सम्बन्धी काम पनि शुरू गर्नेछ ।

यसरी आवेदन दिने मानिस भने सीमित हुनेछन् । हाम्रा कर्मचारी र सेवाग्राहीहरूलाई कोरोना महामारीबाट बचाउन हामीले सुरक्षाको उपाय अपनाएका छौँ ।

पर्यटकको हकमा के हुन्छ ? उनीहरूले अहिले भ्रमण भिसा पाउँछन् ?

यो समयमा नयाँ आवेदन बी१/बी२, पर्यटन भिसाका लागि आवेदन लिन असक्षम छौँ । आपतकालीन अवस्था अपवाद हो ।

सीमित परिस्थितिमा द्रुतगतिमा आवेदन कसरी दिन सकिन्छ भन्ने जानकारी पनि हाम्रो वेब साइटमा समावेश गरिएको छ ।

यसरी थाहा पाउनुहोस् आवेदन दिने तरिका

यहाँबाट पनि थाहा पाइने छ आवेदन दिने तरिका

यसअघि प्राप्त गरेको भिसाले अझै मान्यता पाउने यात्रुहरू अन्तर्वार्ताका लागि योग्य हुनेछन् । यससम्बन्धी जानकारी पनि वेब साइटमा रााखिएको छ ।

थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

अहिले बी१/बी२ मा समावेश गर्न योग्य मानिसको भिसा प्रक्रिया फेरि सूचारु गर्दैछौँ ।

यसअघि नै डीभी परेका मानिस अमेरिका जान पाउँने सम्भावना कत्तिको छ ?

राष्ट्रपतिको घोषणा (पीपी) १००१४, ‘कोरोना भाइरस प्रकोप पछाडि आर्थिक सुधारको बेला संयुक्त राज्य अमेरिकाको श्रम बजारमा जोखिम प्रस्तुत गर्ने आप्रवासीहरूको प्रवेशमा रोक’ भन्ने नीति २४ फेब्रुअरी २०२१ मा खारेज गरिएको छ ।

जोसँग २०२० मा जारी भएको डीभी भिसा छ र अमेरिका प्रवेशका लागि योग्य छन्, उनीहरूले अमेरिका प्रवेशका लागि यथाशीघ्र पहल गर्नुपर्छ ।

यस विषयको थप जानकारीका पनि हाम्रो वेब साइटमा राखिएको छ । हेर्न सक्नुहुन्छ ।

वेब साइटमा पुग्न यो लिंक क्लिक गर्नुहोस्

अन्तर्वार्ताको तयारी भएको तर महामारीका कारण रोकिएका मानिसको अवस्था के हुन्छ ? उनीहरुले अब भिसा पाउने सम्भावना कति छ ?

आप्रवासी भिसा आवेदककर्ता, डीभी २०२१ का आवेदक, पहिला नै तय भइसकेको अन्तर्वार्ता स्थगित भएका आवेदककर्ता सबैलाई हामी धैर्यका साथ बसिदिनु हुन आग्रह गर्छु । उहाँहरू आफ्नो अपोइन्टमेन्ट नआउँदासम्म धैर्यका साथ बस्नुपर्छ ।

आप्रवासी भिसा आवेदक, जसलाई पहिला नै अन्तर्वार्तामा लिइएको थियो तर राष्ट्रपतीय नीति १००१४ का कारण भिसा दिइएको थिएन, उहाँहरुले दूतावासको आगामी निर्देशन कस्तो हुन्छ, त्यसलाई पर्खिनुपर्छ ।

ड्रपबक्स सेवा हाल पनि लिन सकिन्छ ? मानिसहरुले ड्रपबक्स विधिबाट भिसा आवेदन दिन सक्छन् ?

यात्रुहरू जसले यसअघि नै भिसाको मान्यता पाइसकेका छन् उनीहरू अन्तर्वार्ताका लागि योग्य हुनेछन् ।
आवेदकले यो सेवाका लागि आफू योग्य छु अथवा छैन भनेर हाम्रो वेब साइटमा हेर्न सक्छन् ।

योग्य भए नभएको थाहा पाउन यो लिंक क्लिक गर्नुहोस्

हामी अहिले बी१/बी२ मा समावेश गर्न योग्य मानिसको भिसा प्रक्रिया पुनः सूचारु सक्षम भएका छौँ ।

स्मार्ट स्टाभलर नामांकन कार्यक्रमलाई मानिसले कसरी बुझ्नुपर्छ ?

विदेश यात्रा गर्ने र विदेशमै बसोबास गर्ने अमेरिकीहरूका लागि नयाँ खालको कार्यक्रम हो स्मार्ट स्टाभलर नामांकन कार्यक्रम (एसटीईपी) ।

एसटीईपीले विदेशमा हुने यात्राका विषयमा आफ्नो जानकारी विदेश मन्त्रालय अथवा अमेरिकाको दूतावास र राहदानी कार्यालयमा टिपाउन मद्दत गर्छ । यसले आपतकालीन अवस्थामा आफ्ना नागरिकलाई उद्धार गर्न हाम्रा कार्यालयलाई मद्दत गर्छ ।

तपाईंले निश्चित देशको यात्राका विषयमा आवश्यक पर्ने यात्रा सुझाव र अन्य सूचना पनि हाम्रो वेब साइटमा हेर्न सक्नुहुन्छ ।

अन्य जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस्

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ३५ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा