बालबालिकाको प्रतिभा खोज्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’ « Khabarhub

बालबालिकाको प्रतिभा खोज्न ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस’


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालयस्तरबाटै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ को आयोजना हुने भएको छ ।

भक्तपुर निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना हुने प्रतियोगितामा ५ दखि ९ वर्षको छात्र र छात्राले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दीलिप रानाले विद्यार्थीलाई पढाइ भन्दा पनि अतिरिक्त प्रतिभाको पनि आवश्यकता पर्ने भएकाले उनीहरुलाई त्यो आवश्यकता विद्यालयबाटै प्रदान गर्नुपर्ने बताए ।

रानाले प्रतियोगितामा बालबालिकाको आत्मविश्वासलाई बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा व्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला जस्ता कुराहरुपनि सिकाइने बताए ।

प्रतियोगिताका सह–संयोजक विमला श्रेष्ठले प्रथम चरण (अडिसन) सम्पन्न भइसकेको जानकारी दिदै दोस्रो चरणको अडिसन यहि शनिबार हुने बताइन् ।

उनले पहिलो चरणमा ७० जना बालबालिकालाई छनोट गरिसकेको पनि बताउदै अन्तिम प्रतिस्पर्धामा ५० जना लाई सहभागिता गराउने जनाइन् ।

संयोजक खुस्बु खरेलले राजधानीका ५ देखि ९ वर्षको बालबालिकाले सहभागिता जनाउन पाउने जानकारी दिइन् । उनले पाँच देखि सात तथा आठ देखि नौ वर्षको बालबालिका गरि दुई समुहमा विभाजन गरि प्रतियोगिता गराइने प्रष्ट्याइन् ।

चैत १४ गते जमलस्थित नाचघरमा हुने अन्तिम प्रतिस्पर्धामा शिर्ष विजेताले ताज सहित विभिन्न पुरस्कार प्राप्त गर्न सकिने भएको छ भने अन्य प्रतिस्पर्धी सबैलाई विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा