चन्द्र यात्रामा जान इच्छुक आठ जनाको खोजी गर्दै जापानी अर्बपति « Khabarhub

चन्द्र यात्रामा जान इच्छुक आठ जनाको खोजी गर्दै जापानी अर्बपति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानिज अर्बपति युसाका माएजावाले आफूले गर्न लागेको चन्द्रमाको यात्रामा विश्वभरीबाट छानिएका आठ जना मानिसलाई निःशुल्क लैजाने घोषणा गरेका छन् ।

एलन मस्कको स्पेसएक्स रकेटबाट आगामी सन् २०२३ मा हुने डियरमुन नामक अन्तरिक्ष मिसनमा युसाकाले आफूसँगै आठ जनालाई चन्द्रमाको यात्रामा लैजान लागेका हुन् ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्’ उनले ट्वीटरमा राखेको भिडियोमा भनेका छन् । त्यसका लागि उनले त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन् ।

पुरै यात्राका लागि आवश्यक खर्च आफूले गर्ने र सहभागीहरूको यात्रा निःशुल्क हुने जानकारी दिएका छन् ।

यो मिसनमा सहभागी हुनका लागि आवेदकहरुले दुईवटा मापदण्ड पूरा गर्नुपर्दछ । उनीहरु ‘जुनसुकै गतिविधिमा भए पनि उनीहरुले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रुपमा सहयोग गर्नुपर्नेछ’ र ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न इच्छुक हुनुपर्नेछ ।’

आफूले सबै सिटहरू किनिसकेको र यो यात्रा निजी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ३५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले