सेनाको पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन « Khabarhub

सेनाको पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गरेका छन् । उनले जङ्गी अड्डामा भएको बैठकलाई सम्बोधन गरेका हुन् ।

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा बैठक राखिएको हो । नेपाली सेनाले वार्षिक रुपमा दुईपटक पृतना बैठक राख्दै आएको छ ।

सैनिक जनसम्पर्क सूचना निर्देशनालयका अनुसार सो बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति प्रतिवेदन पेश हुने छ ।

बैठकमा महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए र गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुने जनाइएको छ ।

सेनाका सातै प्रदेशमा एक–एक र काठमाडौँ उपत्यकामा एक पृतना छ । सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : १० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा