अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता « Khabarhub

अफ्रिकाविरूद्धको क्रिकेट सिरिजमा पाकिस्तानलाई एक शुन्यको अग्रता


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा एक शुन्यको अग्रता लिएको छ ।

सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै सिरिजमा एक शुन्यको अग्रता लिएको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३औँ एकदिवसीय शतक हो ।

इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रन बनाए । शादब खान ३३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।

डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ४५ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध