अमेरिकामा चक्कु प्रहारबाट प्रहरीको हत्या « Khabarhub

अमेरिकामा चक्कु प्रहारबाट प्रहरीको हत्या


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा एक कार चालकले चक्कु प्रहार गरी एक प्रहरीको हत्या गरेका छन् ।

राजधानी ह्वाइट हाउसस्थित संसद भवन नजिकै भएको उक्त घटनामा अर्का एक जना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालक २५ वर्षका नोहा ग्रिन नामले प्रहरीलाई चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको गोली लागेर उनको पनि मृत्यु भएको जनाइएको छ ।

संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।

आक्रमणमा ज्यान गुमाउने विलियम ‘बिली’ इभान्स नाम रहेका प्रहरी अधिकारी रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा