गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण « Khabarhub

गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बरालले जानकारी दिए । उनको घाटी कम्मर, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।

गैंडाको गणनाका लागि हिजो निकुञ्जको टोली पश्चिम क्षेत्रको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो । गणनामा ३० वटा हात्ती प्रयोग गरिएको थियो । ती मध्ये गणनामा प्रयोग भएका तीन हात्ती सम्पर्क बिहीन भएको समेत बरालले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ११ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै