राष्ट्रिय सडक सञ्जाल तीव्र ढंगले अघि बढेको छ- मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

राष्ट्रिय सडक सञ्जाल तीव्र ढंगले अघि बढेको छ- मन्त्री नेम्वाङ


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको सरकारले सडक निर्माणमा उल्लेख्य गति लिएको बताएका छन् ।

विगतका सरकारले गरेको कामको समीक्षा गर्दा पनि अहिलेको सरकारले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा गति लिएको मन्त्री नेम्वाङले बताए।

मन्त्री नेम्वाङले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको पनि बताए । उनले प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरी सरकारले काम गरिरहेको दाबी गरे ।

मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक निर्माणको कामले नयाँ चरणको अभियान शुरू भएको पनि मन्त्री नेम्वाङले बताए ।

‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन्’, उनले भने, ‘प्रति दिन साढे ६ किलोमिट बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौं पुल बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ।’

उनले ८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था भने रहेको स्वीकार गरे ।

अब रणनीतिक सडकमार्फत प्रदेश राजधानी, जिल्ला सदरमुकाम, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्र तथा एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा जोडिने उनले बताए । यस्तै राष्ट्रिय राजमार्गले तथा प्रदेश र स्थानीय तहमातहतको राजमार्गले समेट्न नसकेका कुराहरु रणनीतिक बाटोमार्फत सुरुवात गरिने पनि उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ११ : ४९ बजे

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत