प्रधानमन्त्रीले भने– मैले कतिपटक राजीनामा दिने ? समर्थन फिर्ता लिए भैगयो नि « Khabarhub

प्रधानमन्त्रीले भने– मैले कतिपटक राजीनामा दिने ? समर्थन फिर्ता लिए भैगयो नि


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देशभरका १ सय ६५ वटा सडक शिलान्याशको कार्यक्रममा आफूले गरेको काम चित्त नबुझे सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे ।

उनले कांग्रेसले राजीनामा मागेको विषयलाई हल्का रुपमा लिएको संकेत गर्दै राजीनामाका लागि पहिला माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने, ‘दिनैपिच्छे राजीनामा माग्नै पर्दैन समर्थन फिर्ता लिइदिए भइगयो नि ।’

सञ्चारमाध्यमले मेलम्चीको पानी काठमाडौँमा आएको नदेखेको तर कांग्रेसले राजीनामा मागेको विषयलाई उछालेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कति दिन दिने हो ? एक दिन एउटा राजीनामा आइहाल्छ नि ! हटाउन न त समर्थन फिर्ता ल्याइदेउ राजीनामा आइहाल्छ नि ।’

शुक्रबार बेलुका बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा मागेर नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार