तीन आश्रमलाई वाग्मती सरकारको सहयोग « Khabarhub

तीन आश्रमलाई वाग्मती सरकारको सहयोग


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए ।

मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष वल्लभ सापकोटाले सहकारीको भूमिकाका सम्बन्धमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै