काठमाडौँमा रकम सङ्कलन गरी डोल्पामा सहयोग « Khabarhub

काठमाडौँमा रकम सङ्कलन गरी डोल्पामा सहयोग


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।

उनीहरुले ३० हजार ६०० रकम सङ्कलन गरी ८०० थान कपी, कलमलगायत सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ ।

शैक्षिक सामग्री खरीदका लागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस, राष्ट्रिय दलित कल्याण सङ्घ तथा सामाजिक अभियन्ता तीर्थ विश्वकर्मा, मोहन विश्वकर्मा, शम्शेर नेपाली, तुलसा लामिछाने, सविना भट्टराई, कमला हेमचुरी र जज एभरेष्टले सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताए ।

प्यूठान निवासी सामाजिक अभियन्ता शम्शेर नेपालीले विद्यालयको नाम अङ्कित १०० थान टाई र १०० थान पेटी सहयोग गरको उनले बताए ।

सहयोगस्वरुप प्राप्त सामग्री जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

कक्षा १ देखि १० सम्म अध्ययनरत १०० विद्यार्थीलाई प्रतिविद्यार्थी आठ थान कपी, एक कलम, एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाइ छ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनत विद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै विद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ ।

निःशुल्क कपी, कलम र शैक्षिक सामग्री पाएपछि सम्पूर्ण विद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवादसमेत दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ०७ बजे

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ