तनहुँमा कृषकलाई चैते धान रोप्न चटारो | Khabarhub Khabarhub

तनहुँमा कृषकलाई चैते धान रोप्न चटारो


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – चैत महिना शुरु भएसँगै तनहुँ जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला कृषक चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिए ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उनले बताए । तरकारीखेती, भैँसीपालन, मौरीपालन गरेका उनले भने, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।” उनका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताए । “धयरेका फाँट यतिबेला कृषकले भरिएका छन्, कृषक धान रोप्न व्यस्त छन्,” उनले भने । वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताए ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताए ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ५० बजे

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौं– चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग

साहसिक पर्यटनको सम्भावना घोर्ले भिर

फिक्कल– ठाडो स्वरूप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ

त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ

रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा भैरहवा

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

स्याङ्जा– पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रूपमा मात्र नभई धार्मिक पर्यटनका