प्रचण्डले माधव नेपालको उद्धार गर्न सक्दैनन् : मन्त्री ज्ञवाली « Khabarhub

प्रचण्डले माधव नेपालको उद्धार गर्न सक्दैनन् : मन्त्री ज्ञवाली


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड आफै अलपत्र परेकाले माधव कुमार नेपाललाई उद्धार गर्न नसक्ने बताएका छन् ।

एमाले नेता जेपी भेटवालको तेस्रो स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवनले शनिबार आयोजना गरेको जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले प्रचण्डले उद्धार गर्छन् भन्ने भ्रममा नपर्न माधव नेपाललाई सुझाव दिए ।

‘उहाँ (प्रचण्ड) आफै कुन डुंगा सवार गरेर पारी लाग्ने हो भनेर अलपत्र हुनुहुन्छ । तपाई (माधव नेपाल)लाई उद्धार गर्दिनुहुन्छ भन्ने भ्रममा हुनुहुन्छ भने त्यो एकदमै ठूलो गलत कुरा हो’, उनले भने । प्रचण्डका लागि माओवादी पार्टीसमेत घाँडो भइसकेको भन्दै उनले प्रचण्ड आफैं अलपत्र परेको बताए ।

प्रचण्डले माधव नेपाललाई उलामाला लगाइरहेको उनले टिप्पणी गरे । आफुहरू कुनै बदला र प्रतिशोधबाट निर्देशित नभएको भन्दै उनले भने, ‘गल्तीको बाटो सच्याएर पार्टीको मूलधारमा फर्किनुस्, अन्यथा जनताले तिरस्कृत गर्ने छन् ।’

पार्टी ब्युँतिसकेपछि एमालेलाई बलियो बनाउनुको साटो पार्टीलाई विखण्डित गर्ने र कमजोर बनाउने गतिविधिमा माधव–झलनाथ समूह संलग्न भएको उनले बताए । २०५४ सालमा पनि यस्तै गरेर पार्टी विभाजन गरिएको स्मरण गर्दै उनले इतिहासबाट पाठ सिक्न माधव–झलनाथ समूहलाई आग्रह गरे ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशमा फेरि पनि निर्वाचन हुने परिस्थिती बनेको बताए । पुनःस्थापित संसदले एक महिनासम्म पनि कुनै गति दिन नसकेको भन्दै उनले भने, ‘अदालतको आदेश मानेर हामीले संसद बोलायौँ, तर कुनै गति र निकास दिने अवस्था छैन । मुलुक ढिलोचाँडो फेरि चुनावतिर जाने परिस्थिति निर्माण भएको छ ।’

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी भएको भन्दै गएको पुष ५ गते संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनलाई बदर गरेर १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश दिएको थियो ।

यसैबीच, लामो समयसम्म नेकपा एमालेको माधव–झलनाथ गुटमा रहेका कृष्णभक्त पोखरेल ओली गुटमा लागेपछि पहिलो पटक जिल्ला पार्टी कार्यालय पुगेका छन् । नेकपा एमाले चितवनको निर्वाचित अध्यक्ष पोखरेल प्रतिनिधि सभाका सदस्य समेत हुन् ।

नेकपा एकता विघटन भएर एमाले व्यूँतिएपछि पोखरेल ओली समूहमा लागेका हुन् । पोखरेल शनिबार आयोजित जनप्रतिनिधि तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा करिब ३० मिनेट जति बसेका हुन् । प्रशिक्षण कार्यक्रम पार्वती रावलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : २८ बजे

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच