नबिल र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता « Khabarhub

नबिल र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा. लिबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटीभ सोलुसनकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् ।

‘नबिल बैंकले सदैव दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ,’ साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहीत छौं ।’

आर एण्ड डी सोलुसन्सकी अध्यक्ष न्हेम्हाफुकीले नेपालको कृषि क्षेत्रमा विभिन्न संरचनागत समस्यामध्ये प्रविधिको उपयोग र वित्तीय पहुँच रहेको भन्दै सरकारको सहुलियत कर्जा स्कीमले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६