टाल्सटायको शिक्षा « Khabarhub

टाल्सटायको शिक्षा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो ।

टाल्स्टायले सोधे— किन चिन्तित छौ ?

मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् ।

टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ ।

युवकले डराएर भन्यो— म मेरो आँखा बेच्न सक्दिनँ । केही छैन । उसले हातखुट्टा पनि किन्छ । तिम्रो हातखुट्टाको ६० हजार त दिइहाल्छ ।

युवकले रिसाउँदै भन्यो— मलाई तपाईंबाट यस्तो अपेक्षा थिएन ।

टाल्स्टायले शान्तभावमा भने— हेर, म तिम्रो मद्दत गर्न चाहन्छु । यदि धनवान हुनुछ भने तिमीले आफ्नो आँखा र हातखुट्टा उसलाई बेचिदेऊ । उसले यी सबैको एक लाख रुपैयाँ त दिइहाल्छ । तिम्रो सबै चिन्ता पनि हट्नेछ ।

एक लाख त के एक करोड दिए पनि म आफ्नो शरीर बेच्दिनँ ।

टाल्स्टायले हाँस्दै भने— अनि तिमीले कसरी भन्न सक्छौ तिमीसँग केही छैन भनेर ? जबकि यो शरीर पूरै खजाना हो । आफ्नो अमूल्य हात कसैको अगाडि किन फैलाउँछौ ? मिहिनेत गर, धनको वर्षा आफै हुनेछ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : २३ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को