बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

बुद्धको एक प्रेरक प्रसङ्ग


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साँझको भ्रमणका लागि बाहिर जाँदै गर्दा बुद्धले भिक्षु सुश्रूषक बिरामी भएर सुतिरहेका देखे । बुद्धले सँगै उभिएका आनन्दलाई औषधि ल्याउन भने र आफूले बिरामी भिक्षुको उपचार गरिरहे । त्यसपछि अरु भिक्षुहरुलाई बोलाएर भने— तपाईंहरुले आफ्नो साथी सुश्रूषकको सेवा किन गर्नुभएन ?

भिक्षुकहरुले उत्तर दिए— अब उनी हाम्रो लागि कुनै कामका छैनन् ।

यस्तो जवाफ सुनेर भगवान् बुद्धले सम्झाए— भिक्षुहरु, तिमीहरुको हेरचाह गर्नको लागि यहाँ तिमीहरुका आमाबुवा वा आफन्त छैनन् । यदि तिमीहरुले नै एक–अर्काको सेवा गरेनौ भने कसले गर्छ ? त्यसैले जसले बिरामीको सेवा गर्छ त्यसले मेरो सेवा गर्छ भन्ने कुरा तिमीहरुले सधैँ याद राख । बिरामी पनि दुःख हो । यदि त्यसबाट कसैलाई मुक्त गर्नुछ भने सको लागि सुखको निर्माण गरिदिनू । त्यसैले बिरामीको सेवा गरेर उसलाई पुनर्जीवन दिनु श्रेष्ठ धार्मिक आचारण हो ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ४४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को