बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

बुद्धको एक प्रेरक प्रसङ्ग


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साँझको भ्रमणका लागि बाहिर जाँदै गर्दा बुद्धले भिक्षु सुश्रूषक बिरामी भएर सुतिरहेका देखे । बुद्धले सँगै उभिएका आनन्दलाई औषधि ल्याउन भने र आफूले बिरामी भिक्षुको उपचार गरिरहे । त्यसपछि अरु भिक्षुहरुलाई बोलाएर भने— तपाईंहरुले आफ्नो साथी सुश्रूषकको सेवा किन गर्नुभएन ?

भिक्षुकहरुले उत्तर दिए— अब उनी हाम्रो लागि कुनै कामका छैनन् ।

यस्तो जवाफ सुनेर भगवान् बुद्धले सम्झाए— भिक्षुहरु, तिमीहरुको हेरचाह गर्नको लागि यहाँ तिमीहरुका आमाबुवा वा आफन्त छैनन् । यदि तिमीहरुले नै एक–अर्काको सेवा गरेनौ भने कसले गर्छ ? त्यसैले जसले बिरामीको सेवा गर्छ त्यसले मेरो सेवा गर्छ भन्ने कुरा तिमीहरुले सधैँ याद राख । बिरामी पनि दुःख हो । यदि त्यसबाट कसैलाई मुक्त गर्नुछ भने सको लागि सुखको निर्माण गरिदिनू । त्यसैले बिरामीको सेवा गरेर उसलाई पुनर्जीवन दिनु श्रेष्ठ धार्मिक आचारण हो ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ४४ बजे

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको