दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा « Khabarhub

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् ।

जितसँगै दिल्लीले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ८ खेलमा ६ अंक जोडेको पन्जाब छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ०५ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको