अफगानिस्तानबाट सेप्टम्बर ११ भित्र अमेरिकी सेना फिर्ता हुने « Khabarhub

अफगानिस्तानबाट सेप्टम्बर ११ भित्र अमेरिकी सेना फिर्ता हुने


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन (एएफपी)- अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक प्रक्रिया अघि बढाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरेका थिए ।

यद्यपि यसका लागि अफगानिस्तानको विद्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताइएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भएपनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।

सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकी ट्वीन टावरमा भएको आतंकवादी आक्रमणपछि अमेरिकी सेना अफगानिस्तानमा गएको थियो । उक्त आक्रमणको २०औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ ।

सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो ।

आतंकवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा विन लादेनलाई संरक्षण दिएको तालिबानविरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : २० बजे

काठमाडौं महानगरका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज मधेस प्रदेशका चार

म्याग्दीको दरखोलामा पुल नबन्दा स्थानीयलाई समस्या

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं

निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र

चितवन– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सबै