नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण | Khabarhub Khabarhub

नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी नियन्त्रण


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने छ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।

ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

ऋषिङ गाउँपालिकाअन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार ५०० जरिवाना भएको छ ।

शुक्लागण्डकी–९ सुरौदीखोला नदी किनारबाट अवैधरूपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यास–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैधरूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : २९ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर