बनर्जी पराजित भए पनि पश्चिम बङ्गालमा तृणमुल कंग्रेसको बहुमत | Khabarhub Khabarhub

बनर्जी पराजित भए पनि पश्चिम बङ्गालमा तृणमुल कंग्रेसको बहुमत


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत ल्याए पनि उनी स्वयम पराजित भएकी छन् ।

विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ बेनर्जी पराजित भएकी हुन् । सुरुमा उनले भारतीय जनता पार्टी (भाजपा)का शुभेन्दु अधिकारीलाई १२ सय मतले पराजित गरेको खबर भारतीय सञ्चारमाध्यममा आए पनि निर्वाचन आयोगले आइतबार अबेर जारी गरेको आधिकारिक मत परिणाममा बेनर्जी पराजित भएकी हुन् ।

तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीका पूर्वसहयोगी रहेका तथा चुनावअघि भाजपामा प्रवेश गरेका अधिकारी नन्दीग्राममा विजयी भएका हुन् । अधिकारीले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरेका हुन् ।

पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित पाँच राज्यमा भएको विधानसभाका २९४ मध्ये २९२ सिटको  अन्तिम चरणको मतगणना भइरहँदा तृणमुल कांग्रेस (टिएमसी) ले २१३ सिटमा जित या अग्रता कायम राखेको छ ।

केन्द्र सरकारको नेतृत्व गरेको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले ७६ स्थानमा जितेको बीबीसी हिन्दीले जनाएको छ । अरु दलको उपस्थिति नगन्य देखिएको छ । कुनै बेला राज्यको निरन्तर नेतृत्व गरेका वामपन्थी दलले जम्मा एक सीटमा अग्रता देखिएको छ ।

अघिल्लो निर्वाचनमा ४४ सीट जितेको विपक्षी भारतीय काँग्रेसले आइतबारसम्ममा एक सिटमा मात्र अग्रता कायम गरेको छ । त्यसैगरी, अघिल्लो चुनावमा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) पनि एक सिटमा समेटिने देखिँएको छ ।

तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी ड्रभिडा मुन्नेत्र काझागम (डिएमके) ले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमकेले ९० स्थानमा अग्रता लिएको छ । केरलाको १४० सिटको विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको वामपन्थी प्रजातान्त्रिक मोर्चाको अग्रता देखिएको छ ।

असमको १२६ सदस्यीय विधान सभाका लागि भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पाँडेचरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।

नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पाँडेचरीमा निर्वाचन गरिएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ०५ बजे

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी– युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा