राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित « Khabarhub

राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य स्थगन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण फैलन सक्ने भन्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगन गरिएको हो ।

विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।

परिचयपत्र वितरण गर्ने अभियान सञ्चालन भइरहेको सुनकोशी गाउँपालिका–५ मुलकोटमा कोभिड–१९ सङ्क्रमण देखिएकाले उक्त अभियान रोक्न सिफारिस गर्ने निर्णय गरिएको हो ।

बैठकले सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङलाई बढाउन अनुरोध गर्ने, कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै एपोलो अस्पतालमा गत वर्ष बनाइएको आइसोलेसन सञ्चालनमा ल्याउन कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय र सिन्धुली अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपाने जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ३२ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको