सिन्धुलीका दुई पालिकामा लकडाउन « Khabarhub

सिन्धुलीका दुई पालिकामा लकडाउन


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीका दुई स्थानीय तहले लकडाउन गरेका छन् ।

दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेका हुन् ।

दुधौली नगरपालिकाले आजदेखि लागू हुने गरी वैशाख २९ गते रातिसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।

आफ्ना १४ वटै वडामा लागू हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै २५ जनाभन्दा कमको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरी धार्मिक तथा सामाजिक कार्यक्रम गर्नसमेत अनुरोध गरेको छ ।

अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूललगायतका पसललाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवा पालो प्रणालीबाट सञ्चालन गर्ने तथा भीडभाड हुने स्थानबाट दिइने सेवा सबै बन्द गरिने बैठकले निर्णय गरेको छ ।

गोलञ्जोर गाउँपालिकाले पनि आइतबारदेखि वैशाख २६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका अत्यावश्यक सेवाबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ ।

गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायतका सेवा भने २४सै घण्टा खोल्न र अन्य सेवा आंशिकरूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।  खाद्यान्न पसल, डेरी, होटल बिहान दुई घण्टा र बेलुका दुई घण्टा खुला गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ०१ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको