काँग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण « Khabarhub

काँग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

शर्मा ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुका स्वाब दिँदा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डाक्टर मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’, उनले लेखेका छन् ।

शर्माले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना