मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती- मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

आइतबार राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ ।

अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा. प्रवीन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ भने सङ्क्रमण बढ्दो छ । मकवानपुरमा आइतबारमात्रै  २११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना