झापामा निषेधाज्ञा, सवारी साधनमा जोर–बिजोर « Khabarhub

झापामा निषेधाज्ञा, सवारी साधनमा जोर–बिजोर



झापा- झापामा आजदेखि निषेधाज्ञा लागु भएको छ ।

कोरोनाको संक्रमणदर उच्च भए पछि नियन्त्रणका लागि झापामा राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको हो ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि २६ गते मध्यराति सम्मका लागि निषेधाज्ञा लागु हुने सूचना जारी गरेको थियो ।

निषेधाज्ञा कार्यान्वयनका लागि बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् । ठाउँ ठाउँमा सवारी चेकजाँच बढाइएको छ भने नियम विपरीत चलेका सवारी साधनलाई सडक किनारामा नै ‘होल्ड’ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले निषेधाज्ञा कार्यान्वयन गराउन १५ ओटा प्रहरी टोलि परिचालन गरिएको जनाएका छन् ।

सवारी साधनमा जोरबिजोर

निषेधाज्ञा अवधी भरि सवारी साधनहरुलाई जोर विजोर प्रणाली लागु भएको छ ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन मात्र चलाउन पाईने निषेधाज्ञामा भनिएको छ । जस अनुसार पहिलो दिन जोर नम्बर परेकाले सञ्चालनमा आएका बिजोर नम्बरका सवारी साधनहरुलाई प्रहरीले होल्ड गराएको हो ।

जोर–बिजोर प्रणाली लागु गरिए पनि सार्वजनिक सवारी साधन भने झापामा न्युन मात्र चलेका छन् । यात्रुबाहक बस फाट्ट फुट्ट मात्र चलिरहेका छन् । जोर विजोर प्रणाली लागु भए पनि अत्यावश्यकीय सवारी साधनहरु भने सञ्चालन गर्न पाईने छ ।

के के गर्न नपाइने ?

यस अवधीमा सवै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढी मानिस जम्मा हुने व्यसाय गर्न पनि निषेधाज्ञाभर रोक लगाइको छ ।

सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

तर बिहानै देखि नै कतिपय पसलहरु खुलेका छैनन् भने खाद्यान्न तथा तरकारी पसलहरुमा उपभोक्ताहरुको भीड देखिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : १५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज