नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने « Khabarhub

नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय सौर्य मण्डकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा पनि दुई अन्तरिक्ष मिसन पठाउने भएको छ ।

शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाका प्रशासक बिल नेल्सनले जनाएका छन् । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।

‘डाभिन्ची प्लस’ नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर पत्ता लगाउनेछ । शुक्रग्रहमा कुनै समय महासागर थियो भन्ने बताइरहँदा त्यसबारेको यथार्थ पनि यसले पत्ता लगाउने नासाको दाबी छ ।

दोस्रो मिसन ‘भेरिटास’ले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहासबारे जानकारी दिने जनाइएको छ । रेडारको प्रयोग गरेर त्यहाँ ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बीबीसीले जनाएको छ ।

पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको ग्रह शुक्र किन आगोको गोला बन्यो भन्ने जिज्ञासा अहिलेसम्म वैज्ञानिक तहमा पनि शान्त भएको छैन । यसबारेको तथ्य पनि बाहिर ल्याउने नाशाको लक्ष्य छ ।

तर सतहको तापक्रम नै ५०० डिग्री सेल्सियस रहेको शुक्र ग्रहबारेको अध्ययन चुनौतीपूर्ण ठानिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : १० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको