महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी « Khabarhub

महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ ।

यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो ।

पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र  घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि सङ्क्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

यस अवधिमा ४८५ जनाले सङ्क्रमण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै सङ्क्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : २२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब