अपडेट : टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको थियो आगो « Khabarhub

अपडेट : टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको थियो आगो


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ ।

डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ३० बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर