खाद्य र साल्ट ट्रेडिङले खाद्यन्नमा २० प्रतिशत छुट दिने, यी हुन् बिक्री हुने स्थान « Khabarhub

खाद्य र साल्ट ट्रेडिङले खाद्यन्नमा २० प्रतिशत छुट दिने, यी हुन् बिक्री हुने स्थान


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भोलिबाट केही खाद्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ आय व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने खाद्यन्नमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

सोही व्यवस्थाअनुरुप कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यी हुन् छुटमा पाइने खाद्यन्न

चामल : अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट ।

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।

यी हुन् बिक्री हुने स्थान :

काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट ।

त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।

उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।

यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : ५२ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य